लमजुङमा घाँस काट्न जाँदा १९ वर्षीय युवती बारीमै बलात्कृत, ४८ वर्षीय गुरुङ पक्राउ

नवलपुर टुडे
२०८१ असार २० | बिहान ०६:०३ बजे

लमजुङ, असार २०। लमजुङमा १९ वर्षीया युवती घाँस काट्न गएको बेला आफ्नै बारीमा बलात्कृत भएकी छन् ।
दूधपोखरी गाउँपालिका–६ मा भएको सो घटनामा सोही वडाका ४८ वर्षीय प्रसाद गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। सो घटना भएको चारदिन पछि गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईले बताए ।
उनका अनुसार पीडित घाँस काट्न गएको थाहा पाई पिछा गर्दै गएर जवरजस्तीकरणी गरेका रहेछन् । पीडितलाई पीडक गरुङले सो घट्ना कसैलाई भनेमा मारिदिने धम्की दिएकोले समयमा उजुरी गर्न नसकेको पीडित परिवारले बताएका छन् ।
उनले भने, त्यसैले घटनाको उजुरी आउन ढिला भएको रहेछ । तर पनि उजुरी दिनसाथ अभियुक्तलाई पक्राउ गरिएको चपाईले बताए । अभियुक्त गुरुङलाई जिल्ला अदालतमा पेस गरि ७ दिनको म्याद लिई थप अनुसन्धान गर्ने र मुद्दाको तयारी गरिएको छ ।























