अपराध

एमाले उपाध्यक्ष बादलका छोरा प्रतीक पक्राउ

नवलपुर टुडे
२०८१ असार १४ | मध्यान्ह ०८:०३ बजे

काठमाडौँ । पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली शरणार्थी प्रकरणमा २०८० वैशाखमै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपनि उनी फरार रहँदै आएका थिए । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको अभियोग उनीमाथि छ ।

उनले सो क्रममा गिरोहमार्फत रकम बुझेको समेत आरोपीहरूले बयानका क्रममा खुलाएका छन् । फरार रहँदै आएका उनी शुक्रबार भने राजधानीको बौद्धबाट पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 

कमेन्टहरु