नेपाल आइडलका विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार

नवलपुर टुडे
२०८१ असार १२ | बिहान ०८:०३ बजे

काठमाडौं, असार १२ । नेपाल आइडलका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिँदै गितार उपहार दिएका छन् ।

बुधबार बिहान नेपाल आइडल ‘सिजन ५ ’का विजेता करणलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ‘प्रचण्ड’ले गितार उपहार दिएका हुन् । बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताए ।

युवापुस्तासँग आफू सँगसँगै रहेको बताउँदै उनले सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे ।
























