बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बम्जन दोषी ठहर


काठमाडौं, असार १० । सर्लाही जिल्ला अदालतले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बम्जनलाई दोषी ठहर गरेको छ । सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
सजाय निर्धारण भने असार १७ गतेलाई तोकिएको छ । बम्जनविरुद्ध सर्लाही र सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा आश्रम खडा गरी बालबालिकामाथि जबरजस्ती करणी गर्ने, व्यक्ति बेपत्ता पार्ने कार्य गरेको आरोपमा विभिन्न जिल्लामा जाहेरी परेको थियो ।
लामो समयदेखि फरार रहेका उनलाई २०८० परुष २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनकै घरबाट पक्राउ गरेको थियो ।
सुरुमा उनलाई सर्लाही जिल्ला अदालतमा पेस गरिएको थियो । सर्लाही जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । सर्लाहीको मुद्दाको फैसला भएसँगै उनलाई सिन्धुपाल्चोक, नुवाकोट र मकवानपुर जिल्ला अदालत पेस गरिने छ ।























