किशोरी बलात्कारको आरोपमा काठमाडौबाट एक भारतीय नागरिक पक्राउ

नवलपुर टुडे
२०८१ असार ९ | मध्यान्ह ०२:०३ बजे

काठमाडौं, असार ९ । किशोरी बलात्कारको आरोपमा काठमाडौबाट एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी घर भई काठमाडौं महानगरपालिका–३१, शंखमूलमा बस्दै आएका ३० वर्षीय धर्मेन्द्र जैसवाल छन् ।
१९ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । नयाँ बानेश्वरस्थित सस्तो बजारमा ती महिलामाथि बलात्कार गरेको उजुरीका आधारमा शनिबार राती उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।























