३८ हजार ट्याब्लेट ट्रामाडोलसहित कोटेश्वरबाट ४ जना पक्राउ

नवलपुर टुडे
२०८१ असार २ | मध्यान्ह ०३:०३ बजे

काठमाडौँ, असार २ । काठमाडौँको कोटेश्वरबाट प्रहरीले लागु औषध ट्रामाडोलसहित ४ जनालाई पक्राउ गरेको छ ।
काठमाडौ महानगरपालिका–३१ कोटेश्वरस्थित सहयोगीनगरबाट ३८ हजार ट्याब्लेट लागु औषध ट्रामाडोलसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
पक्राउ पर्नेमा पश्चिम रुकुम घर भएका २६ वर्षीय दीपेन्द्र ओली, भक्तपुर घर भएका २४ वर्षीय रुकेश श्रेष्ठ, सिन्धुली घर भएका २३ वर्षीय राकेश खड्का र ओखलढुङ्गा सुनकोशी गाउँपालिका–७ घर भएका ध्रुव कटवाल छन् ।
शनिबार साँझ प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले ट्रामाडोलसहित पक्राउ गरेका उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।























