अपराध

भारतमा बेच्न लैजाँदै गरेको १४ वर्षीया किशोरीको उद्धार, दुई जना पक्राउ

नवलपुर टुडे
२०८१ जेष्ठ २८ | मध्यान्ह ०४:०२ बजे

काठमाडौँ, जेठ २८ । भारतमा बेच्न लैजाँदै गरेको १४ वर्षीया किशोरीलाई प्रहरीले ललितपुरबाट उद्धार गरेको छ । किशोरीलाई उद्धार गर्दै लैजान खोज्ने दुई जनालाई नियन्त्रणमा लिइएको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी (एसपी) ज्ञानेन्द्र फुयाँलले जानकारी दिएका छन् ।

एसपी फुयाँलका अनुसार नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भएका ३९ वर्षीय सम्बरबहादुर तामाङ र नुवाकोट तादी गाउँपालिका–२ घर भएकी ३३ वर्षीय इन्दिरा कटुवा तामाङलाई नियन्त्रणमा लिइएको हो । यसअघि पनि बेचबिखन मुद्दामा १० वर्ष जेल जीवन बिताएका सम्बरबहादुर २०८० वैशाखमा मात्र थुनामुक्त भएका थिए ।

जेलबाट छुट्नासाथ उनले पुनः पुरानै अपराध कर्म सुरु गरेको भेटिएको ब्युरोका एसएसपी ओमबहादुर रानाले बताए ।

कमेन्टहरु