अपराध

एक हजार दरको ५ सय १४ थान नक्कली नोटसहित काठमाडौंबाट दुई महिला पक्राउ

नवलपुर टुडे
२०८१ जेष्ठ २७ | मध्यान्ह ०३:०२ बजे

काठमाडौं, जेठ २७ । काठमाडौंको कलंकीबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलंकीमा चिया पसल संचालन गरी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन नगरपालिका-५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ छन् ।

शनिबार राती नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले तारादेवीलाई पक्राउ गरेको थियो । उनको साथबाट नेपाली एक हजार दरको ५ सय १४ थान (५  लाख १४ हजार बराबरको) नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

तारादेवीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा निलिमा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई नागर्जुन-५ पद्मा कोलनीबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कमेन्टहरु