देउवालाई भेट्न बूढानिलकण्ठ पुगे प्रधानमन्त्री दाहाल

नवलपुर टुडे
२०८१ जेष्ठ १३ | बिहान ०९:०२ बजे

काठमाडौ, जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बूढानिलकण्ठ पुगेका छन् ।
सहकारीको रकम अपचलनको छानबिनका लागि गठन गर्ने कार्यदलको कार्यादेशसहित सदनको गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री दाहाल बूढानिलकण्ठ पुगेको बताइएको छ ।
सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।
आइतबार बोलाइएको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । यसअघि नै सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड देउवा निवास पुगेका हुन् ।






















