अर्थ

एकैदिन एक हजार आठ सय रूपैयाँले घट्यो सुनको मूल्य

नवलपुर टुडे
२०८१ जेष्ठ १० | बिहान ११:०२ बजे

काठमाडौं, जेठ १० । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला एक हजार आठ सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १९ सय रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्टहरु