राजनीति

सहकारी ठगीविरुद्ध सडक आन्दोलन गर्ने कांग्रेसको निर्णय

नवलपुर टुडे
२०८१ जेष्ठ ९ | मध्यान्ह ०३:०२ बजे

काठमाडौँ, जेठ ९ । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध सडक आन्दोलन गर्ने भएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

सो निर्णय अनुसार शुक्रबार राजधानीको भृकुटीमण्डपमा र त्यसपछि सबै प्रदेशमा कांग्रेसले विरोध प्रदर्शन गर्नेछ । गृहमन्त्री रवि लामिछानेसँग जोडिएका सहकारी रहेका क्षेत्रहरु चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन गरिने छ । 

त्यसपछि पनि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्नेगरी कांग्रेसले मिति प्रस्ताव गरेको छ । कांग्रेसले सहकारीका बचतकर्ताको बचत फिर्ता र ठगी संलग्नमाथि कारबाहीको समेत माग गरेको छ ।

कमेन्टहरु