गैरकानुनी रुपमा नदि दोहन गरेका ३ वटा टिपर र स्कारभेटर नियन्त्रणमा

अशोक यादव
२०८१ जेष्ठ ९ | मध्यान्ह १२:०२ बजे

रौतहट, जेठ ९ । रौतहटमा गैरकानुनी रुपमा मापदण्ड विपरीत नदि दोहन गरि उत्खनन गरेका ३ वटा टिपर र स्कारभेटरलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
राैतहटकाे गढिमाई नगरपालिका अन्तर्गत पर्ने बागमती नदिबाट ३ वटा टिपर र स्कारभेटर नियन्त्रणमा लिएकाे हो । बिगत केही दिनदेखि साे क्षेत्रका सबै ढेकाकाे म्याद समाप्त भए पनि नगरपालिकाले अाफ्नो मनपरि तरिकाबाट नदि दाेहन गरिरहेको सुचनाकाे अधारमा साे गाडीलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी राैतहटकाे सुचना अधिकारी एलिजा गिरिले जानकारी दिइन् ।
नियन्त्रणमा लिएका गाडिलाई छुटाउन ठुलाे रकमको चलखेल समेत भईरहेकाे नगरमा व्यापक चर्चा चलिरहेको छ ।























