अपराध

कोदालो प्रहारबाट सिरहामा एक जनाको मृत्यु

रामएकवाल राम
२०८१ जेष्ठ ३ | मध्यान्ह ०३:०२ बजे

लहान । कोदालो प्रहारबाट सिराहामा एक जनाको मृत्यु भएको छ । जिल्लाको अर्नमा गाउँपालिका-२ ब्रहमपुरिका बुधराम महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

खेतको सीमाना विवादको क्रममा अर्नमा गाउँपालिका- २ का करिव ५५ वर्षिय बाचाई महतोको कोदालो प्रहारबाट बुधराम महतोको मृत्यु भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले नवलपुर टुडेलाई जानकारी गराए ।

हत्या घटना लगतै बचाई फरार भएका छन्। उनको खोजी भईरहेको प्रहरीले जनाएको छ। प्रहरीले अहिले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको सापकोटाले बताए ।

लामो समयदेखि जमिन विवाद रहेका उनीहरु बिहिवार विहान खेतमै भेटभएको बेला विवादचर्किएर कोदालो प्रहार गर्दा बुधरामको मृत्यु भएको वडा अध्यक्ष दिपेन्द्र महतोले जानकारी दिए। वडा अध्यक्ष यादवले उनीहरुविच लामो समयदेखि जमिनको विषयमा मुद्दा–मकदमा चलिरहेको बताए। जमिनकै विवादका कारण आज यस्तो घटना भएको हुनसक्ने अध्यक्ष यादवको भनाई छ ।

मृतक महतोले लामो समयदेखि बिष्णुपुर चौकमा ग्यास सिलिन्डर, बिउबिजन तथा किटनासक विषादीको पसल संचालन गर्दै आईरहेको स्थानीयहरुले बताए।

कमेन्टहरु