पेट्रोलियम पदार्थको मूल्य घट्यो

नवलपुर टुडे
२०८१ जेष्ठ २ | मध्यान्ह ०८:०२ बजे

काठमाडौं, जेठ २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको जनाएको छ ।
बुधबार बसेको निगम सञ्चालक समिति बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर छ रुपैयाँ मूल्य घटाएको जनाएको हो ।
नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७१ र डिजेल तथा मट्टितेल प्रतिलिटर १ सय ५४ रुपैयाँ कायम भएको छ ।























