अपराध

पिकअप गाडी चाेर्ने व्यक्ति पक्राउ

नवलपुर टुडे
२०८१ जेष्ठ २ | मध्यान्ह ०४:०२ बजे

काठमाडाैँ । ललितपुरकाे विभिन्न ठाउँमा पार्किङ गरी राखेका गाडीहरु रातकाे समयमा चाेरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ। रामेछापकाे दोरम्वा गाउपालिका ५ घर भई ललितपुर महानगरपालिका २ सानेपा वस्ने गणेशबहादुर गौतमलाई भाग्दै गरेको अवस्थामा काभ्रेबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ।

प्रहरीका अनुसार गाैतमलाई जिल्ला प्रहरी कार्यालय काभ्रेसँग समन्वय गरी काभ्रेकाे भुम्लु गाँउपालिका १० दोलालघाटबाट पक्राउ गरीएकाे हाे। उनले रातकाे समयमा बा१५च ९८२५, बा१२च ४७०६ र बा७च ७७० नम्बरको टाटा कम्पनीको पिकअप डिआई गाडीहरु श्रृखलावद्ध रुपमा चाेरी गर्ने गरेकाे प्रहरीकाे भनाइ छ।

चाेरी गरेका बा१२च ४७०६ र बा१५च ९८२५ गाडीहरु नैकाप र सतुङ्गलबाट ब्याट्रीहरु नभएको अवस्थामा बरामद गरिएको छ।

IMG 1575

यस्तै बा ७ च ७७० नं. को पिकअप गाडी ईलाका प्रहरी कार्यालय खानीखोला धादिङसँगको समन्वयमा खानिखोला धादिङबाट नियन्त्रणमा लिइएको छ।

गाैतमकाे ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धि कसुरमा दिन-५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएकाे छ।

कमेन्टहरु