राजनीति

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

नवलपुर टुडे
२०८१ जेष्ठ १ | बिहान ०९:०२ बजे

काठमाडौँ, जेठ १ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

दुई दिनसम्म चल्ने सो बैठकमा बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

उनका अनुसार बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल गरी टुङ्गो लगाइने छ ।

एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ ।

कमेन्टहरु