मुख्य समाचार

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

नवलपुर टुडे
२०८१ बैशाख १३ | मध्यान्ह ०३:०१ बजे

काठमाडौं, वैशाख १३ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्  बैठकको वैशाख १० गतेको निर्णय र प्रधानमन्त्रीको सोही निर्णयको पत्रका आधारमा राष्ट्रपति पौडेलले उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका राष्ट्रपति कार्यालयले जनाएको छ ।

इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । 

photo 2024 04 25 15 01 25

कमेन्टहरु