मुख्य समाचार

दुई दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किए कतारका अमिर

नवलपुर टुडे
२०८१ बैशाख १२ | मध्यान्ह ०१:०१ बजे

काठमाडौं, वैशाख १२ । दुई दिने नेपाल भ्रमण सम्पन्न गरी कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा मङ्गलवार नेपाल भ्रमणमा आएका थानीलाई बुधवार राष्ट्रपति पौडेलले नै त्रिभुवन विमानस्थल पुगेर बिदाइ गरेका हुन् । 

उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थ अधिकारी पनि थानीको बिदाइ गर्न विमानस्थल पुगेका थिए । नेपालमा रहँदा थानीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए । 

थानीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल र कतारबीच आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीको उपस्थितिमा सम्बन्धित अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । 

कमेन्टहरु