पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश

नवलपुर टुडे
२०८१ बैशाख ७ | मध्यान्ह ०३:०१ बजे

बुटवल, वैशाख ७ । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा थुनामा रहेका दीपेश पुनलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले तीन दिन बयान र थुनछेक बहस गरेपछि यस्तो आदेश दिएको हो ।
दीपेश पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन् ।























