नेपाल पत्रकार महासंघ ६९ वर्षमा प्रवेश

नवलपुर टुडे


काठमाडौं । नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ ६९ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो । वि.सं. २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको हो । त्यसैले नेपाल पत्रकार महासंघले चैत १६ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । स्थापनाको ६९ औं वर्षमा प्रवेशको अवसरमा महासंघका अध्यक्ष विपुल पोख्रेलले विज्ञप्ति जारी गरी आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई शुभकामना व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघले स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको स्मरण गर्दै अध्यक्ष पोख्रेलले यसमा हाम्रा अग्रजहरूको योगदान र महासंघको गौरवपूर्ण इतिहासप्रति महासंघ केन्द्रीय समिति गर्व गरेको उल्लेख गरेका छन् । आगामी दिनमा पनि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहनुपर्ने आवश्यकताप्रति उनले सबैको ध्यानाकर्षण गराएका छन् ।
अहिले सञ्चार क्षेत्र विभिन्न अवसर र चुनौतीबीच गुज्रिरहेको भन्दै अध्यक्ष पोख्रेलले नयाँ कानुन निर्माण र बनेका कानुनहरुको सही ढंगले कार्यान्वयनका सन्दर्भमा चाहेचस्तो उपलब्धि नदेखिएको बताएका छन् । स्थापना दिवसको अवसरमा उनले पुनः सरोकार पक्षसँग पर्याप्त छलफल र सहमतिमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी सञ्चारसम्बन्धी कानून निर्माणको प्रकृया अघि बढाउन आग्रह गरेका छन् ।
पत्रकार महासंघलाई विशुद्ध श्रमजीवी पत्रकारको साझा संस्था बनाउनका लागि महासंघको सदस्यता शुद्धीकरण अभियानलाई अगाडि बढाइएको, श्रमको आन्दोलनलाई अगाडि बढाइएको तथा संवाद, दवाव र न्यायिक लडाइमार्फत श्रमजीवि पत्रकारहरुको अधिकार सुनिश्चित गर्ने दिशामा महासंघ अनवरत रुपमा अगाडि बढीरहेको उनले उल्लेख गरेका छन् ।

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, एक सातामा ६४० जना पक्राउ

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै

यस्तो छ विदेशी मुद्राको विनिमय दर
अरुपनि पढ्नुहोस
सबै
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

बुद्ध एयरको उडान ढिलाइ हुँदा यात्रुहरू घण्टौँदेखि अलपत्र

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न
















