राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

नवलपुर टुडे


काठमाडौं, चैत १५ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।
सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका थिए । उपाध्यक्ष अर्याल पनि माओवादीबाटै २०७९ माघ २३ गते उपाध्यक्ष बनेकी थिइन् ।
अहिलेको सत्ता गठबन्धन दलहरूबीच राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष अन्य दलले लिने सहमति भएपछि उपाध्यक्ष अर्यालले राजीनामा दिएकी हुन् ।
यसअघि गठबन्धनमा उपाध्यक्ष नेकपा एमालेलाई दिने सहमति भएको थियो । तर, पछि नेकपा नेकपा (एकीकृत समाजवादी) मिसिएसँगै नयाँ सहमतिमा त्यो बुँदा हटाइएको छ ।


प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
















