मुख्य समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्चको फैसला

नवलपुर टुडे
२०८० चैत्र १२ | मध्यान्ह ०६:१२ बजे
फाइल तस्बिर

काठमाडौं, चैत १२ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ । आज (सोमबार) न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भएर बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार आदेशको प्रति भने आइसकेको छैन। ‘दुर्गा प्रसाईंको मागबमोजिम रिट जारी भएको हो,’ उनले भने। मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए।

कमेन्टहरु