होली पर्व मर्यादापूर्वक मनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासीको आग्रह

नवलपुर टुडे


नवलपरासी, चैत ६ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बसुप) ले नजिकिँदै गरेको फागु पूर्णि (होली) पर्व मर्यादापूर्वक मनाउन आग्रह गरेको छ ।
रङको पर्व होलीको शुभकामना दिँदै कार्यालयले कोही कसैको इच्छा विपरीत जबरजस्ती रङ, लोला तथा पानी छ्याप्ने काम नगर्न सूचना जारी गर्दै आग्रह गरेको छ ।
साथै मादक पदार्थ सेवन गरी सवारी चलाउने, डिजे जस्ता उपकरणहरु बजाई होहल्ला गर्ने जस्ता कुनै पनि व्यक्तिको निजी जिवनमा असर पुर्याउने कार्यहरु नगर्नसमेत आग्रह गरेको छ ।
यदि सूचना विपरीत यस्ता गतिविधिहरु गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
















