मुख्य समाचार

शालिन मृत्यु प्रकरण : ज्यान सम्बन्धी कसुरमा प्रमाण नजुटेपछि आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

नवलपुर टुडे
२०८० चैत्र ५ | बिहान ०७:१२ बजे

काठमाडौँ, चैत ५ । चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनकी १४ वर्षीया छात्रा सालिन पोखरेलको मृत्यु प्रकरणमा जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको छ ।

स्कुलका प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्ति प्रसाद लुइँटेलले जानकारी दिए । पीडित परिवारले ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएका थिए । तर, सो कसुरमा प्रमाण नजुटेपछि मुद्दा परिवर्तन गरिएको हो ।

शालिन मृत्यु प्रकरणमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय प्रिन्सिपल बालहरी देवकोटा, सहायक प्रिन्सिपल ४० वर्षीय किरण बहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षका कमल शर्मा पौडेल पक्राउ परेका छन् । 

रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल फागुन १२ मा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

कमेन्टहरु