मुख्य समाचार

कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी खत्रीको मृत्यु

जगत ठाडा मगर
२०८० फाल्गुन २८ | बिहान ०७:११ बजे

काठमाडौँ,फागुन २८ । काठमाडौँको कोटेश्वर चोकमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ ।

माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको उपचारको क्रममा आइतबार मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जिवनकुमार श्रेष्ठले जानकारी दिए ।

गत फागुन २० मा गौशाला हुँदै ललितपुर बालकुमारी जान लागेको जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट खत्री घाइते भएका थिए ।

दुर्घटना गराउने बसका चालक नवराज गिरीलाई ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको एसएसपी श्रेष्ठले बताए ।

कमेन्टहरु