मुख्य समाचार

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्रमाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

जगत ठाडा मगर
२०८० फाल्गुन २७ | मध्यान्ह ०९:११ बजे

काठमाडौँ, फागुन २७ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनमाथि अनुसन्धान गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन् ।

आइतबार आईजीपी वसन्त कुँवरलाई जितेन्द्रमाथि छानबिन गर्न गृहमन्त्री लामिछानेले निर्देशन दिएका हुन् । जितेन्द्र पूर्व उपराष्ट्रपति पुनका जेठो छोरा हुन् । उनीमाथि ४ वर्षअघि चीनबाट अवैध रूपमा सुन ल्याएको आरोप छ । जितेन्द्रले चिनियाँ कारोबारीबाट तमसुक गरेर सुन ल्याएर भुक्तानी नदिएपछि सो घटना सार्वजनिक भएको थियो ।

प्राविधिक रूपमा कसरी अनुसन्धान गर्ने भन्नेबारे छलफल भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

कमेन्टहरु