समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव चन्द

नवलपुर टुडे


काठमाडौं । समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई तोकेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो ।
बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले बताए । उनले बैठकमा समसायिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भएको जानकारी दिए । मोर्चाले गरेको कमीकमजोरीलाई सच्याएर अघि बढ्ने र छिटै अर्को बैठक बस्ने पनि बताए ।
उनले भने, “समसायिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भयो । थुप्रै त्रुटीहरू छन्, ती त्रुटीहरूको सामना गर्दै मोर्चालाई प्रभावकारी ढंगले अघि बढाउनुपर्छ । मोर्चा जति गतिशिल र प्रभावकारी बनाउनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । आगामी दिनमा अझ शक्तिशाली र प्रभावकारी रूपमा अघि बढाउनपर्छ भन्नेकुरा भएको छ । त्यसको लागि शीर्ष नेताको बीचमा घनीभूत रूपमा छलफल हुनुपर्छ भन्ने छ । मोर्चाको नेतृत्व दुई कार्यकाल माधवकुमार नेपालजीले गर्नुभयो । अबको पालो नेकपाका महासचिव कमरेड विप्लवले गर्ने कुरा भएको छ ।”
महासचिव गुरुङले यसअघि मोर्चाको नेतृत्व नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गरेका थिए । बैठकमा कार्यक्रमका योजनाहरू बनाएर जनपरिचालन लगायतका कार्यक्रम गर्ने सहमति भएको पनि बताए ।

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते
अरुपनि पढ्नुहोस
सबै
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
















