राजनीति

कांग्रेस महासमिति वैठकलाई पुर्व गृहराज्यमन्त्री कंडेलका ८ बुंदे सुझाव पेश

नवलपुर टुडे
२०८० फाल्गुन ४ | मध्यान्ह ०७:११ बजे
फाईल तस्बिर

काठमाडौ, ४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व गृहराज्यमन्त्री देबेन्द्रराज कंडेलले आसन्न महासमिति वैठकमा नीति प्रस्तावका लागि आठ बुंदे सुझाव पेश गरेका छन् । कंडेलले पहिलो बुंदामा पार्टी नेपाल सनातन हिन्दुराष्ट्र, धर्म निरपेक्ष वा धर्म सापेक्ष के को पक्षमा उभिने हो प्रष्ट पार्नु पर्ने विषय छलफलका लागि प्रस्ताव गरेका छन् ।

यस्तै भ्रष्टाचार आरोपमा जुनसुकै तहको नेतामाथि छानवीन पश्चात मुद्दा दर्ता भई अदालतबाट निर्णय नभएसम्म पार्टीको कुनै पनि तह र सार्वजनिक पदमा बस्न नपाउने निर्णय लिनु पर्ने कंडेलको प्रस्तावमा छ । विभिन्न संवैधानिक निकायमा हुने पदपुर्ति राजनीतिक भाग वण्डाको आधारमा नभई स्वच्छ प्रतिपस्पर्धा, कार्य मुल्याङकन र वैज्ञानिक मापदण्डका आधारमा निष्पक्ष ढंगले हुनुपर्ने सुझाब दिएका छन ।

कंडेलले प्रस्ताव गरेका सुझाव पत्र :

debendraraj kandel

चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको प्रमाणित भएपछि निजलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिनु पर्ने उनको प्रस्तावमा छ । जुनसुकै तहको चुनावमा उम्मेदवार भई पराजित उम्मेदवारलाई ५ वर्षसम्म कुनैपनि लाभको पदमा मनोनयन वा निर्वाचित गर्न नपाइने नीति बनाउन नेता कंडेलले प्रस्ताव गरेका छन् ।

२०८४ सालको सबै तहका चुनावमा पार्टीले चुनाव अगावै कुनै पनि दलसंग गठबन्धन गर्न नहुने नीति महासमिति वैठकबाट पारित गर्नुपर्ने उनको प्रस्तावमा उल्लेख छ । पार्टीको जुनसुकै अधिवेशनमा पराजित नेतालाई सो पद भन्दा माथिल्लो पदमा मनोनित गर्न नपाइने र सभापतिमा पराजितलाई वरिष्ठ नेता मनोनित गर्ने नीति पारित गर्नुपर्ने कंडेलले प्रस्ताव गरेका छन् ।

कमेन्टहरु