माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

जगत ठाडा मगर


काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । हिजो देखि काठमाडौँको भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा यसअघि भएको माओवादी रूपान्तरण अभियानका बारेमा समीक्षा सुरु गरिएको छ ।
आज पनि सो अभियानका बारेमा छलफल हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका रहेको छ । फागुन १ गते देखी सुरु हुने विधान अधिवेशन अघि माओवादीले केन्द्रीय समिति बैठक राखेको हो ।
गत शनिबार सम्पन्न स्थायी समितिले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पारित र त्यसलाई पदाधिकारीले टुङ्गो लगाएर विधान अधिवेशनमा पेस गर्ने निर्णय गरेको भोलीपल्ट सो केन्द्रीय समिति बैठक बोलाइएको हो ।
आइतबारको बैठकमा उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुन, प्रवास इन्चार्ज राम कार्की, सम्पर्क समन्वयका इन्चार्ज गिरिराजमणि पोखरेल, कोशीका इन्चार्ज चक्रपाणि खनाल, मधेसका इन्चार्ज लीलामणि पोखरेल, बागमतीका इन्चार्ज जनार्दन शर्मा, गण्डकीका इन्चार्ज देवेन्द्र पौडेल, लुम्बिनीका इन्चार्ज हितमान शाक्य, कर्णालीका इन्चार्ज मातृका यादवले अभियानका बारेमा रिपोर्टिङ गरेका थिए ।

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते
अरुपनि पढ्नुहोस
सबै
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
















