माओवादी केन्द्रीय समितिमा ब्रिफिङ- २०८४ मा पहिलो पार्टी बन्ने आधार तयार भयो

नवलपुर टुडे


काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठकको पहिलो दिनमा सबै प्रदेशका इन्चार्ज र अध्यक्षले पार्टीको अभियानको बारेमा जानकारी गराएका छन् । बैठकको पहिलो दिन प्रवाससहित सबै प्रदेश र आयोगबाट जानकारी राख्ने क्रम सकिएको हो । अब बैठक सोमबार विहान ११ बजे बस्ने गरी स्थगित भएको पार्टी प्रवक्तासमेत रहेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।
बैठकमा पार्टीकासचिव समेत रहेका कोशी प्रदेशका इन्चार्ज चक्रपाणी खनालले अभियानले केही आशावादी बनाएको बताए । सबै नेता कार्यकर्ता सोँचेजस्तै गरी अभियानमा नखटे पनि ६० प्रतिशत नेता कार्यकर्ता अभियानले उत्साहित भएको भेटिएको जानकारी गराए । प्रदेशका ११५७ वटै वडामा अभियानका संचालन गरिएको बताउँदै उनले सात जना नेता अभियानमा नखटिएको बताउँदै उनीहरुमाथि कारवाही गरिने बताए । कोशी प्रदेशकै अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) अभियान सापेक्षित रुपमा सफल भएको बताए । उनले अभियानको क्रममा २६३९ टोल, १७१३ सेल कमिटी गठन भएको बताए । उनले कामको आधारमा नेताको श्रेणी निर्धारण गरिएको पनि जानकारी गराए ।
उनले अभियानमा खट्नेलाई सम्मान र नजानेलाई कारवाही गरिने बताए । आधारभूत वर्गमा पार्टीप्रतिको आशा र भरोसा बढेको बताउँदै प्रभाकरले जनताका समस्या समाधानको लागि पार्टीले पहलकदमी लिनुपर्ने बताए ।

बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले ११९ पालिकामध्ये ११५ मा सम्मेलन सम्पन्न भएको जानकारी गराए । अभियानको क्रममा ३५२९ टोल कमिटी, १०८४ जबस कमिटी गठन भएको बताउँदै सहयात्रीले जमेको पोखरीमा ढुंगो हानेजस्तै तल्लो कमिटीसम्म तरंग ल्याएको बताए । उनले वैचारिक, वर्गीय दृष्टिकोणभन्दा बढी व्यक्तिगत सोँच भावी भएका कारण पार्टीमा समस्या देखा परेको बताए ।
त्यसैगरी पार्टीकै उपमहासचिव रहेका उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले नेता कार्यकर्तामा जनयुद्धकालिन केन्द्रीकृत योजना र विकेन्द्रीत परिचालनको मनोविज्ञान रहेको बताए । उनले केन्द्रबाट योजना बनाए नेता कार्यकर्ता खट्न समस्या नहुने अभियानले देखाएको बताए । पार्टी विभाजनपछि कमजोर भएको पार्टी पुनः उही अवस्थामा लाग्न समय लाग्ने भन्दै पुनले एमालेलाई पुरानै अवस्थामा पुग्न दुई दशक र नेपाली काँग्रेसलाई एक दशक लागेको बताउँदै माओवादीले पनि एक दशक पूरा गरिसकेको बताउँदै अब २०६४ कै अवस्थामा फर्काउन सकिने सम्भावना देखा परेको बताए । माओवादीको क्षयीकरण सहरिय क्षेत्रमा भए पनि ग्रामिण क्षेत्रमा लोकप्रियता बढ्दो रहेको तथ्यांकले देखाएको प्रतिवेदन प्रस्तुत गरे ।
सोही प्रदेशका अध्यक्ष जगत सिंखडाले अहिले पनि मध्यम वर्गले माओवादीलाई निरुत्साहित गरिरहेको बताए । उनले पार्टीबाट सरकारमा गएका मन्त्रीसँग दलाल र माफियाका सजिलै पहुँच पुग्ने तर नेता कार्यकर्ताको भनेको काम नहुँदा जनतामा निरासा बढेको बताए । पार्टीका सचिवसमेत रहेका गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले अभियानले गुटबन्दी गर्ने प्रवृति निरास भएको इमान्दार नेता कार्यकर्ता उत्साहित भएको बताए । अभियानले जनतामा आशा र भरोसा बढेको बताए ।
अभियानको क्रममा २९ हजार सदस्यता नविकरण भएको ६ हजार नयाँ सदस्यता वितरण भएको प्रतिवेदन प्रस्तुत गरे । प्रदेश अध्यक्ष गायत्री गुरुङले कार्यक्षेत्रमा नजाने र शक्तिकेन्द्र धाउने प्रवृतिकै कारण पार्टीमा समस्या पैदा भएको भन्दै अभियानले त्यसमा झट्का दिएको बताइन् । पार्टी सचिव नै रहेका लुम्बिनी प्रदेशका इञ्चार्ज हितमान शाक्यले अभियानको क्रममा ९७ वडा कमिटी गठन भएको, पालिकास्तरमा जबसका ९२५ कमिटी निर्माण भएको बताए । अभियानको क्रममा १९१५ वटा जनपरिचालनका कार्यक्रम भएको शाक्यले प्रतिवेदन प्रस्तुत गरे ।
उनको अभियानको क्रममा विभिन्न पार्टीबाट ५१७८ जनाले पार्टी प्रवेश गरेको बताए । सोही प्रदेशका अध्यक्ष सुदर्शन बरालले पार्टी वडामा पुगेपछि माओवादी फर्कियो भनेर जनता उत्साहित भएको बताए । पार्टीका उपमहासचिवसमेत रहेका कर्णाली प्रदेशका इन्चार्ज मातृका यादवले ६२२ स्थानबाटै एकैसाथ अभियान सुरु गरिएको बताउँदै पार्टी काममा हाम फाल्ने कर्णालीको विशेषताअनुसार अधिकांश नेता कार्यकर्ता अभियानमा खटिएको प्रतिवेदन पेश गरे । प्रदेश अध्यक्ष विमला केसीले अभियानको क्रममा ५० हजार सदस्यता नविकरण गरिएको र ६२६४ नयाँ सदस्यता वितरण गरिएको बताइन् ।
सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरीले प्रवेशमा ८० वटा अभियान टोली बनाएर खटिएको बताउँदै आवधिक समिक्षासम्म आइपुग्दा अभियान तीब्र गतिमा बढेको तर, त्यसपछि सोँचेजस्तै बन्न नसकेको बताए । प्रदेशका ८८ वटै पालिकामा कमिटी निर्माण भएको अध्यक्ष चौधरीले प्रतिवेदन प्रस्तुत गरे ।
त्यसैगरी पार्टीसचिवसमेत रहेको प्रवास प्रदेशका इन्चार्ज राम कार्कीले रोजगारीको क्रममा विदेशिने संख्या बढ्दै गएको बताउँदै प्रवास विशेष कार्यक्रमसहित संगठित गर्नुपर्ने देखाएको बताए । प्रवासमा रोजगारी गर्ने अहिले राजनीतिप्रति चाँसो राख्ने भएकोले घरको भोटलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको बताए । प्रवास प्रदेशका अध्यक्ष ओम शर्माले नेपालमा पार्टीमा इमान्दारितापूर्वक काम गर्ने नेता कार्यकर्तालाई विदेश भ्रमण गराउने बताए । उनले भूकम्प प्रभावितलाई राहतमा प्रवासले सहयोग गरेको बताए ।
बैठकमा अनुशासन आयोगका अध्यक्ष टंक राई, लेखा आयोगका अध्यक्ष पेशल खतिवडा र निर्वाचन आयोगका अध्यक्ष कुबेर ओलीले पनि अभियानमा आयोगले गरेको कामबारे जानकारी गराएका थिए । बैठकको सुरुमा उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले चार महिने अभियानको समीक्षात्मक जानकारी गराएका थिए । उनले ६८ प्रतिशत नेता कार्यकर्ता अभियानमा खटेको बताए । अभियानको क्रममा पार्टी ६ लाख मतदातासम्म पुगेको बताउँदै २०८४ मा पहिलो पार्टी बन्ने आधार तयार भएको उनले बताए ।

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते
अरुपनि पढ्नुहोस
सबै
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
















