भारत भ्रमणमा रहेका खेलकुदमन्त्री लिम्बु र भारतीय समकक्षीबीच भेटवार्ता

नवलपुर टुडे


काठमाडौं, माघ २७ । भारत भ्रमणमा रहेका यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र भारतीय समकक्षी मन्त्री अनुराग सिंह ठाकुरबीच शनिबार भेटवार्ता भएको छ ।
भेटका क्रममा द्विपक्षीय सम्बन्ध र नेपालको खेल क्षेत्रको विकासका बारेमा छलफल भएको मन्त्री लिम्बुको सचिवालयले जनाएको छ । नेपाल र भारतबीच यूवा एक्सचेन्ज कार्यक्रमसम्बन्धी समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भइसके पनि कार्यक्रम सञ्चालन भएको छैन । दुई देशका मन्त्रीबीचको छलफलमा यो कार्यक्रमलाई अघि बढाउने विषयमा छलफल भएको छ ।
मन्त्री ठाकुरले नेपालको क्रिकेटको विकासका लागि पूर्वाधार निर्माणमा सहयोग गर्न भारत तत्पर रहेको समेत बताएका मन्त्री लिम्बुको सचिवालयले जनाएको छ । मन्त्री लिम्बुले नेपाल क्रिकेट संघ(क्यान) र राष्ट्रिय खेलकुद परिषद्समेतको सुझाव र सहभागितामा आगामी दिनमा भारतीय पक्षसंगको संवादलाई अघि बढाइने बताए ।
भारतको नयाँदिल्लीमा फेब्रुअरी ६ देखि ९ सम्म सञ्चालन भएको प्रथम बिमस्टेक एक्वाटिक्स च्याम्पियनसिप सहभागी मन्त्री लिम्बुले यस्ता खेलको माध्यमबाट देशहरुबीचको सम्बन्ध अझ मजबुत बनाउन मद्धत पुग्ने बताएका थिए । प्रतियोगितामा बिमस्टेकमा आवद्ध राष्ट्रहरु भारत, नेपाल, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका ४०० भन्दा बढी खेलाडी, व्यवस्थापक तथा खेल पदाधिकारीहरु सहभागी थिए ।

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते
अरुपनि पढ्नुहोस
सबै
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
















