माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् मुख्य एजेन्डा

जगत ठाडा मगर
२०८० माघ २६ | बिहान ०७:१० बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज र भोलि बस्दै छ । आजको बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्ने भएको छ ।
स्थायी कमिटी बैठकमा विधानबारे छलफल हुने पार्टी कोषाध्यक्ष तथा पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन् । विधान सम्मेलनअघि बैठक बस्न लागेकाे हाे ।
मुख्यसचिव श्रीराम ढकालका अनुसार माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक पनि बस्नेछ । बैठक राष्ट्रियसभा गृहमा बस्नेछ । उक्त बैठकमा पार्टीले चलाएको चार महिने रुपान्तरण अभियानको समीक्षा हुनेछ ।
माओवादीको विधान सम्मेलन फागुन १–३ गतेसम्म कमलादीस्थित प्रज्ञा भवनमा हुँदै छ ।






















