नेपाललाई ओलीको कटाक्ष : नेतृत्व लिएर पार्टी फुटाउनेको गठबन्धनको धाक

अशोक यादव


रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवृद्ध नेपाल र सुखी नेपाली बनाउन ८४ मा एमालेको सरकार बन्नु पर्ने बताएका छन् । बिहीबार रौतहटको गरुडामा जारी नेकपा एमालेको १० औ अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले एमालेको सरकारको पालामा विकास र सामाजिक सुरक्षाका कामहरु गरेको बताए। विमानस्थल निर्माणदेखि राजमार्ग फराकिलो बनाउने र क्यान्सर पीडित र किडनीका बिरामीलाई राहतका कार्यहरु गरेको स्मरण गराउदै उनले गठबन्धनको सरकार बिनाशको बाटोमा हिँडेको आरोप लगाए । माधव नेपालसँग बोलचाल बन्द लेखेको शिर्षक संचार माध्यममा आफूले पडेको बताउँदै उनीसंग नबोल्दा केही फरक नपर्ने र रौतहटबासी लाईसमेत माधव नेपालसँग नबोल्न आग्रह गरे।
रौतहटमा बन्द रहेको श्रीराम सुगर मिल्स सञ्चालनमा ल्याउन उनले सरकारसंग आग्रह गरे । नेपालमा सरकारी र नीजी क्षेत्र राम्रो सँग सञ्चालनमा आउन नसकेको उनले बताए । पहिला एमालेमा रहेका यसै जिल्लाका अहिले काठमाण्डौमा बस्नेले गठबन्धन सरकारलाई घर हो यसलाई भत्काउन नदिने भनेका छन् । नेकपा एमालेको १५ वर्ष नेतृत्व लिएका पूर्व प्रधानमन्त्री समेत बनेकाले एमाले पार्टी फुटाएर दुई तिहाइको सरकार ढालेकाले गठबन्धन सरकार भत्कन नदिनु भनेको हास्यास्पद रहेको भन्दै कटाक्ष गरेका छन् ।
माधव नेपाल राजनीतिमा नलाग्दै ५१ वर्ष पहिले आफूले रौतहटको संगठन बिस्तार गरेको भन्दै उनले ८४ सालमा रौतहटको प्रतिनिधि सभाको चार क्षेत्र र प्रदेश सभाको ८ क्षेत्र सहित १८ वटै पालिकामा बिजय हासिल गर्ने दाबी गरे । एमालेको सरकारले भैरहवा र पोखरा विमानस्थल निर्माण गरेको बताउँदै उनले अहिलेको सरकारले विमानस्थल सञ्चालन गर्न समेत नसकेको आरोप लगाए । उनले नीजगढ विमानस्थल निर्माणमा ढिलासुस्ति गर्न नहुने बताए । रौतहटको नदी नियन्त्रण, पानी टयाकी र गौर चन्द्रनिगाहपुर चार लेनको राजमार्गको शुरुवाती एमालेको सरकारले गरेको उनले दाबी गरे । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई १ सय १ किलो मालाले स्वागत गरिएको छ ।

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते
अरुपनि पढ्नुहोस
सबै
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
















