एमाले अध्यक्ष केपि शर्मा ओलीकाे स्वागतका लागि राैतहटमा चहलपहल


रौतहट, माघ २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार रौतहट आउने भएका छन् । नेकपा एमालेको १०औँ रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली रौतहट आउने भएका हुन् ।
एमालेको १०औँ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुँदैछ । भोलीदेखि हुने जिल्ला अधिवेशनको उद्घाटन गर्न एमाले अध्यक्ष ओली आउने तय भएको नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब रेग्मीले जानकारी दिएका छन् । अाेलि अाउने अवसरमा राैतहटका विभिन्न चाैकमा भव्यरूपमा स्वागतकाे लागि प्रत्येक नगरपालिकाका वडा कमिटीले सजावट गरेका छन् ।
ओलीसँगै केन्द्रिय सचिब तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का केन्द्रिय सचिब तथा कोशी प्रदेश ईन्चार्ज रघुबिर महासेठ लगायतका केन्द्रिय नेताहरु रौतहट आउने तय भएको केन्द्रिय सदस्य रेग्मीले जानकारी दिए । अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको समेत उनले बताए ।
अधिवेशनको लागी प्रतिनिधि चयन, प्रचार प्रसारका कामहरु, मन्च निमार्ण लगायतका कामहरु पुरा भएको रेग्मीको भनाइ छ । यो दशौँ जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्य समिति चयन हुने छन् । जिल्ला अध्यक्षको लागी अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा छ ।






















