Opens in a new tab

प्रतिनिधिसभाको बैठक आज बस्दै

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दै छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको हो।

संसद् सचिवालयका कार्यवाहक महासचिव पद्म प्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा गुरुङले प्रस्तुत गरेको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।

आजको प्रतिनिधिसभाको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यतालिका पनि तय गरिएको छ।

त्यसैगरी प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ। बुढाथोकीको सोमबार निधन भएको थियो।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे