एकीकृत समाजवादीले माघ १४ र १५ मा राष्ट्रिय परिषद बैठक गर्दै

रासस


विधानका विषयमा उक्त बैठकमा छलफल हुनेछ। महाधिवेशनका लागि दस्तावेज मस्यौदाबारे बैठकमा छलफल गर्ने तयारी एकीकृत समाजवादीको छ।
बैठक वैचारिक दृष्टिकोण र कार्ययोजनामा केन्द्रित रहने र संगठन सुदृढीकरणका साथै देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना पनि बैठकबाट बनाउने तयारी छ।
विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन भएको थियो।
बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व र कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताको जिम्मेवारी तोक्ने उपमहासचिव जगन्नाथ खतिवडाले बताए।
पार्टी पदाधिकारी, केन्द्रीय कमिटीको काम, कर्तव्य तथा अधिकारको बाँडफाँट गर्ने बैठकले पार्टी नेतृत्वका लागि उमेर, कार्यकाल, सङ्गठन निर्माणमा गरेको योगदान लगायतका आधारमा मापदण्ड तय गर्ने छ।
बैठकले मस्यौदा अनुमोदन गरेपछि पार्टीले त्यसैका आधारमा आगामी जेठ पहिलो सातामा पार्टीको महाधिवेशन गर्ने छ।
सदस्यता नवीकरण र वितरण अभियानका रूपमा अगाडि बढाउनुका साथै जिल्लास्थित समाजवादी मोर्चाको बैठक र एजेण्डाको बारेमा पनि छलफल हुनेछ।

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते
अरुपनि पढ्नुहोस
सबै
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
















