रविको स्पष्टीकरण: मेरो खातामा १ करोड ८० लाखको चेक जम्मा भएको हो, तर पैसा आएको छैन

नवलपुर टुडे


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा चेक जम्मा भएको तर पैसा नआएको बताएका छन्। सोमबार पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले आफ्नो खातामा कसैले १ करोड ८० लाखको चेक जम्मा गरेको तर पैसा नआएको बताएका हुन्।
‘सन् २०२२ जुन १७ मा रु एक करोड ८० लाखको चेक मेरो खातामा क्रेडिट गरिएको तर उक्त चेक इलेक्ट्रिोनिक चेक क्लियरिङ (इसिसी) मार्फत चेक क्लियरिङमा पठाउँदा सो खातामा रकम पर्याप्त नभएको हुँदा सो रकम खातामा जम्मा नभएको बैंकले विवरण उपलब्ध गराएको छ’, बैंकको पत्र देखाउँदै उनले भने।
पत्रकार सम्मेलनमा पूर्व बैंकर एवम् रास्वपाका नेता अनिल केशरी शाहले पनि उक्त चेक क्लियरिङ नभएकाले उक्त चेकमा उल्लेखित रकम सभापति लामिछानेको खातामा जम्मा नभएको दाबी गरे। उनले यस्ता घटना बैंकिङ क्षेत्रमा भइरहने भन्दै यो कुनै नयाँ घटना नभएको समेत उल्लेख गरे।

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
















