राजनीति

जसपाको केन्द्रीय समिति बैठक बस्दै

नवलपुर टुडे
२०८० पुस २७ | बिहान ०९:०९ बजे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

ललितपुरको ज्यापु प्रज्ञा भवनमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकले राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदनउपर निर्णय गर्नेछ । 

राजनीतिक समितिको बैठकमा पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म धनुषामा गर्ने प्रस्तावबारे बैठकमा निर्णय हुनेछ ।  

कमेन्टहरु