राजनीति

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता

जगत ठाडा मगर
२०८० पुस २६ | मध्यान्ह १२:०९ बजे

काठमाडौं, पुस २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहीबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा तीन दिने दबाब यात्रा (पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम) का विषयमा कुराकानी भएको थियो ।

निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको थियो । थप ढिलाइ हुन दिन चाल्नुपर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भएको रास्वपाले जनाएको छ । आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत साेङले प्रतिबद्धता जनाएका थिए ।

भेटवार्तामा पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, प्रतिनिधि सभा सदस्य निशा डाँगीलगायत पनि सहभागी थिए ।

कमेन्टहरु