रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, नौ जना घाइते

जगत ठाडा मगर


जाजरकोट, पुस ५ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रयाक्टरमा जस्तापाता रहेको थियो ।
दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए । यस्तै दुर्घटनामा सोही वडाको डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको हो ।
दुर्घटना गए राति १० बजे भएको ईलाका प्रहरी कार्यालय आठबीसकोटले जनाएको छ । दुर्घटनामा अन्य नौजना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, वडा नं १० का ३८ वर्षीय रमेश सार्की, वडा नं ८ का १४ बर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमारघर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् ।
घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उक्त ट्रयाक्टरका चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक अहिले फरार रहेको प्रहरीले जनाएको छ ।

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई

भोटेकोशी बाढीपीडितद्वारा पुनः स्थापनाको माग

सडक र होटल सुविधा थपिँदा गोसाइँकुण्डमा बाह्रै महिना पर्यटकको चहलपहल
अरुपनि पढ्नुहोस
सबै
सुदूरपश्चिमले उचाल्यो एनपिएल ट्रफी

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

दुई वर्षदेखि अलपत्र पुलको निर्माण सुरु, श्रेय लिन राजनीतिक दलबिच हानथाप

जुवातासको खालबाट ४९ जना पक्राउ
















