चितवनमा मोटरसाइकल दुर्घटना, दुईको निधन

नवलपुर टुडे


चितवन । चितवनको भरतपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १८, गुञ्जननगर टोलमा मोटरसाइकलको ठक्करबाट ३५ वर्षीया सरस्वती गुरुङ्गको मृत्यु भएको हो ।
भीमनगरबाट वडा कार्यालयतर्फ जाँदै गरेको ना.५१ प ६४९२ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई तुरुन्तै पुरानो मेडिकल कलेज पुर्याइएको थियो । त्यसको केही बेरमै चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।
। त्यस्तै, मोटरसाइकल चालक आइतसिंह घर्ती र पछाडि सवार उनकी श्रीमती सुशिला घर्ती पनि घाइते भएका छन् । उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
यता, भरतपुर महानगरपालिका वडा नम्बर २८, अन्दौलीमा बा.प्र–०६–०१प ३४७६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको छ । मोटरसाइकलको पछाडि सवार ४८ वर्षीय रणबहादुर बानियाँको मृत्यु भएको छ । चालक २७ वर्षीय राजन मल्लको भरतपुरको अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ ।

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक
अरुपनि पढ्नुहोस
सबै
मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
















