सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशहरूविरूद्ध १० उजुरी

रासस


काठमाडौ । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् ।
समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकमा उजुरी खोल्दा १० वटा परेको पाइएको हो ।
सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशमा सारङ्गा सुवेदीका नाममा ६, टेकप्रसाद ढुङ्गानाका नाममा ३ र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको समितिका सभापति जबराले जानकारी दिए ।
उनका अनुसार सिफारिस भएका न्यायाधीशमा महेश शर्मा पौड्याल, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाममा कुनै पनि उजुरी परेको छैन ।
समितिका सदस्यहरुले उजुरीउपर र कार्ययोजनाको विषयमा विस्तृतरुपमा अध्ययन गर्नुपर्ने भएकाले केही दिन समय दिनुपर्ने माग गरेपछि अध्ययन समितिले सिफारिस भएका न्यायाधीशहरुको सुनुवाइका लागि यही मङ्सिर २७ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ ।
त्यस्तै, आजको बैठकमा सुनुवाइका लागि मङ्सिर २९, आगामी पुस १ र २ गते दुई/दुई जनाको गर्ने निर्णय भएको हो ।
न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि यही मङ्सिर ५ गते छ जनाको नाम सिफारिस गरेको थियो ।

प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत मधेसमा नयाँ सरकारबारे अन्योल

थोरङ्ला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

काभ्रेमा दुई दिनमा ७६ विदेशी नागरिक पक्राउ, ठूलो सङ्ख्यामा डिजिटल उपकरण बरामद

पाकिस्तानमा २२ आतङ्ककारी मारिएको सेनाको दाबी

बंगलादेशमा हिंसा र आगजनी चर्कियो, मोहम्मद युनुसको पुर्ख्यौली घर र प्रहरी चौकीमा आगजनी
अरुपनि पढ्नुहोस
सबै
इमरान खानको सुरक्षाका लागि छोराले गुहारे विश्व समुदायलाई

नेपाल धितोपत्र बोर्डले सार्वजनिक गर्यो वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा

ट्रम्प र सीबिचको द्विपक्षीय बैठक सम्पन्न, के-के भयो कुराकानी ?

१३ वर्षको प्रतीक्षापछि आएको ‘जीटीए ६’ कस्तो गेम हो, जसले विश्वमै चर्चा बटुलिरहेको छ ?
















