नयाँ पत्रिकाकर्मी मुना कुँवरसहित ६ पत्रकार सम्मानित

नवलपुर टुडे


काठमाडौं । नयाँ पत्रिकाकर्मी मुना कुँवर सम्मानित भएकी छिन् । उनी सेजन छापामाध्यम अवार्डमार्फत सम्मानित भएकी हुन् । उनले नयाँ पत्रिकामा प्रकाशित समाचार ‘श्रमिकको शवमा पनि ठगी’ शीर्षकको समाचारबाट अवार्ड प्राप्त गरेकी हुन् ।
त्यस्तै, सेजन बोर्डकास्ट अवार्ड उज्यालो रेडियोका अर्जुन पोखरेल र सेजन डिजिटल अवार्ड क्लिकमान्डु डटकमका राजेश बर्माले प्राप्त गरेका छन् ।
यस वर्षको सेजन अवार्ड कान्तिपुर दैनिकका पत्रकार मातृका दाहाल र देवेन्द्र भट्टराईले प्राप्त गरेका छन् । भुटानी शरणार्थी प्रकरणमा लेखिएको समाचारलाई यो अवार्ड दिइएको हो । भोला चालिसे लिबरल जर्नालिजम अवार्ड हिमाल खबरका रमेश कुमारले प्राप्त गरेका छन् ।
त्यस्तै, एक लाख रुपैयाँ राशिको स्व. सञ्जय न्यौपाने लेखनवृत्ति पुरस्कार कान्तिपुर दैनिकका यज्ञ बन्जाडेले प्राप्त गरेका छन् ।

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक
अरुपनि पढ्नुहोस
सबै
मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
















