चितवनको राप्ती नदीको पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ

रासस


भरतपुर, कात्तिक २७ । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदी किनारमा प्लाष्टिकजन्य फोहर बढेपछि सरसफाइ गरिएको छ । राप्ती नदी सरसफाइ अभियानले भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीबाट गोलाघाटसम्मको नदी किनार क्षेत्रमा सरसफाइ गरेको हो । सरसफाइको क्रममा एक सय १२ बोरा फोहर सङ्कलन गरिएको राप्ती नदी सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नदी किनारमा बढी मात्रामा पेय पदार्थका बोतल, सिसा र प्लाष्टिकजन्य वस्तु बढी भेटिएको छ । उहाँले भन्नुभयो “दुलर्भ वन्यजन्तुको वासस्थान क्षेत्रमा जथाभावी फोहर फाल्दा उनीहरुलाई धेरै असर हुने हुँदा सरसफाइमा ध्यान दिनुपर्छ ।”
राप्ती नदीको माथिल्लो क्षेत्रमा बस्ने मानिसले जथाभावी फोहर गर्दा जङ्गली जनावरलाई असर गरेको उहाँको भनाइ छ । उहाँले पवित्र राप्ती नदीको सभ्यता जोगाइ राख्न विभिन्न सङ्घ संस्थाका सहयोगमा सरसफाइ अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । पछिल्लो समय राप्ती नदीमा मानवीय क्रियाकलापको चाप बढ्दै जाँदा दूषित भइरहेको छ । “यसलाई जोगाउन हामीले चार वर्षदेखि सरसफाइ अभियान जारी राखेका छौँ”, उहाँले भन्नुभयो, “यसलाई थप विस्तार गर्न शनिबार सबैभन्दा लामो दूरीमा पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ गरेका हौँ ।”

भेडा तथा बाख्रापालन व्यवसायमा आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम तयारी

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते

श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन
अरुपनि पढ्नुहोस
सबै
आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै

गण्डकीमा विपद्पछिको पुनःनिर्माण गर्न साढे ८ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान
















