राजनीति

अमेरिका भ्रमण सकेर स्वदेश फर्किए राप्रपा अध्यक्ष लिङ्देन

नवलपुर टुडे
२०८० कार्तिक २२ | बिहान ०८:०७ बजे

काठमाडौँ, कार्तिक २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन अमेरिकाको १२ दिन लामो भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रवासी नेपाली एकता समाज (पानस) को निमन्त्रणमा कार्तिक ९ गते त्यसतर्फ प्रस्थान गरेका लिङ्देन मङ्गलवार राति स्वदेश फर्किएका हुन् ।

भ्रमणको क्रममा अध्यक्ष लिङ्देनले टेक्ससको ड्यालसमा पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन र सम्बोधन गरेका थिए । अध्यक्ष लिङ्देनले अमेरिकाको टेक्सस, ईन्डियाना, ओहायो, वाशिडंटन डिसी, न्यूयोर्क,बाल्टिमोर लगायतका मुख्य सहरहरूमा नेपाली समुदाय, पानसका विभिन्न समितिहरूसँग भेटघाट र साक्षात्कार गरेका थिए । 

आफ्नो छोटो अमेरिका भ्रमण अत्यन्तै उत्साहजनक र फलदायी रहेको अध्यक्ष लिङ्देनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष लिङ्देनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत सम्हालेका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष हेमजङ गुरुङ, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरूले स्वागत गरेका थिए । 

अध्यक्ष लिङ्देनको भ्रमण टोलीका राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य एवं प्रवास विभागका प्रमुख आनन्द अधिकारी एवं अमेरिकामा रहेका पानस आईसिसीका अध्यक्ष प्रेमकुमार श्रेष्ठ पनि स्वदेश फर्किएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

कमेन्टहरु