सवारी ज्यान मुद्धामा कम्युनिष्ट नेता धर्मेन्द्र बाँस्तोला प्रहरी हिरासतमा

जगत ठाडा मगर


दाङ । नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी) का प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई सवारी ज्यान मुद्धाको अनुसन्धानको क्रम मा विगत आठ दिनदेखि प्रहरी हिरासतमा राखिएको छ । उनी इलाका प्रहरी कार्यालय भालुबाङ्गको प्रहरी हिरासतमा छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत् कात्तिक २ गते राति पौने १० बजेतिर राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो । उक्त दुर्घटनाका घाइते चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा स्वास्थ्य चौकी सिसहनियाँमा पुर्याइएको थियो । तर, चौधरीको मृत्यु भएको स्वास्थ्यकर्मीले घोषणा गरेका थिए ।
घटनालगतै प्रहरीले नेता बाँस्तोलालाई नियन्त्रणमा लिएको थियो । त्यसयता उनी हिरासतमा बस्दै आएका छन् । दशैं बिदाका कारण कात्तिक १२ गते मात्रै कार्यालय खुल्ने र त्यसपछि मात्रै अदालती प्रक्रियाको काम सुरु हुने हुँदा नेता बाँस्तोलाले अझै केही दिन प्रहरी हिरासतमा बस्नुपर्ने अवस्था रहेको दाङ प्रहरीले जनाएको छ ।

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
अरुपनि पढ्नुहोस
सबै
छठअघि सिर्सिया नदी सफाइ अभियान

धनौजी गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु

दीपावली र छठ: माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : पोखरेल
















