प्रधानमन्त्री प्रचण्ड बिहीबार रुकुमपश्चिम आउनुहुँदै

नवलपुर टुडे


रुकुमपश्चिम, कात्तिक ८ गते । प्रधानमन्त्री त था नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि बिहीबार रुकुमपश्चिम आउनुहुने भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका –६, मग्मामा लाग्ने सहिद स्मृति मेला उद्घाटन तथा सम्बोधनका लागि प्रधानमन्त्री प्रचण्ड रुकुमपश्चिम आउनुहुने भएको हो ।
मेला आयोजक समितिका अध्यक्ष हरिबहादुर खत्रीका अनुसार सहिदहरुको सम्झनामा लाग्दै आइरहेको मेला उद्घाटनका लागि प्रधानमन्त्री आउने पक्का भएको हो । उक्त मेला २०५७ सालदेखि लाग्दैआएको छ ।
मेलाको अवसरमा खुला स्वच्छ वडास्तरीय महिला र पुरुष भलिबल प्रतियोगिता, पुरुष ब्याडमिन्टन प्रतियोगिता र लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको छ । यसका साथै स्थानीय झाँकी, मयुर नाच, सिंगारु नाच प्रदर्शनीका साथै स्थानीय कलाकारको समेत मेलामा प्रस्तुति रहने मेला आयोजक समितिका संंयोजक खत्रीले जानकारी दिनुभयो ।
मेलाको उद्घाटनसँगै उहाँ नेकपा (माओवादी केन्द्र) को तीनमहिने विशेष रूपान्तरण अभियानको कार्यक्रमका लागि समेत रुकुमपश्चिम आउन लाग्नुभएको बताइएको छ । माओवादी केन्द्र रुकुमपश्चिमका जिल्ला संयोजक गोविन्द रोका ‘सचिन’ का अनुसार रुपान्तरण अभियानका लागि ७ प्रदेशका ७ वडामा पुग्ने प्रधानमन्त्रीको कार्यक्रम थियो ।
सोही कार्यक्रम अन्तर्गत पार्टी अध्यक्ष प्रचण्ड कर्णाली प्रदेशको रुकुमपश्चिम बाँफिकोट गाउँपालिका वडा ६ मा आउन लाग्नुभएको हो । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड बाँफिकोट गाउँपालिका वडा ६ र ७ को संयुक्त वडा समिति बैठकमा सहभागी हुनुहुने संयोजक रोकाले बताउनुभयो ।
बैठकमा उहाँले रिपोर्टिङ सुन्नुका साथै पार्टी कार्यकर्तालाई निर्देशन दिने कार्यक्रम रहेको बताइन्छ । सोही अवसरमा उहाँले सहिद परिवार तथा घाइते अपाङ्गहरूसँग भेटघाट गर्नुहुनेछ । बिहीबार बिहान हेलिकप्टरमार्फत प्रधानमन्त्री प्रचण्ड रुकुमपश्चिम आइपुग्ने र भोलि नै फर्किने कार्यक्रम छ ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















