बन्दीपुरमा मनाइयो खड्गजात्रा

रासस


दमौली (तनहुँ) । तनहुँको बन्दीपुरमा ऐतिहासिक खड्गजात्रा मनाइएको छ । बडादसैँको सातौँ दिन फूलपातीको अवसरमा आज खड्गजात्रा मनाइएको हो । हरेक वर्ष फूलपातीको दिन बन्दीपुर गाउँपालिका–४ स्थित खड्गदेवी मन्दिरमा यो जात्रा मनाउने प्रचलन छ ।
बन्दीपुरमा ३०० वर्ष पहिलादेखि फूलपातीको अवसरमा खड्गजात्रा मनाउने प्रचलन रहेको बन्दीपुर नेवाः पुचका अध्यक्ष किसान प्रधानले जानकारी दिए । उनले भने, “फूलपातीको दिन बन्दीपुरको खड्गदेवी मन्दिरमा राजा मुकुन्द सेनको खड्ग प्रदर्शन गरेर बजार परिक्रमा गराउने प्रचलन छ ।”
बन्दीपुरमा नेवार, मगर, ब्राह्मण र दलित समुदायको बसोबास छ । खड्गदेवी मन्दिरमा हुने पूजाआजा र जात्रामा पनि नेवार, मगर, ब्राह्मण र दलित समुदायको सहभागिता हुेन गरेको छ । यो मन्दिरमा फूलपातीका दिन खड्ग जात्रामा प्रयोग गरिने देवीको गहना विसं १८७६ मा मास्टर दुवाचाब्रह्मा उपाध्यायले चढाएको गहनामा उल्लेख छ ।
खड्गदेवी मन्दिर बन्दीपुरको ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदा हो । सबैको साझा सांस्कृतिक सम्पदाको रुपमा यो मन्दिर यहाँका जातजातिको एकताको प्रतीकका रूपमा हो ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















