स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


स्याङ्जा, भदौ २२ । स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । वालिङ नगरपालिका – ६ रसखोला आमडालीका ३६ वर्षीय यमबहादुर थापाको करेन्ट लागेर ज्यान गएको हो ।
शुक्रबार उनलाई प्रहरीले मृत भेटाएको जनाएको छ । थापाको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा राखिएको छ । प्रहरीले माछा मार्न प्रयोग हुने तार, रड र बाँसको भाटासहित चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मृतकसहित माछा मार्न ५ जना गएको बुझिएको छ ।
पक्राउ पर्नेमा वालिङ – ६ थापाडाँडा बस्ने ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नगरपालिका- १० का ३७ वर्षीय दीपेन्द्र अधिकारी, पर्वत पैयुँ गाउँपालिका घर भई हाल वालिङ – ६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने वर्ष २० को अनिल चौधरी र कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका – ६ घर भई सोही ब्लक उद्योगमा काम गर्ने ६० वर्षीय बलदेव राना रहेका छन् ।

























