समाजवादी मोर्चाले आज पोखरामा सन्देश सभा गर्दै

नवलपुर टुडे
२०८० भदौ १५ | बिहान ०७:०५ बजे

पोखरा, भदौ १५ । समाजवादी मोर्चा नेपालले आज गण्डकी प्रदेशअन्तर्गत पोखरामा सन्देश सभा गर्दैछ ।
पोखरा सभागृहमा मध्यान्ह १२ बजे हुने सो कार्यक्रममा प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्डसहित एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सभालाई सम्बोधन गर्ने स्रोतले जनाएको छ ।
यसअघि मोर्चाले मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सभा आयोजना गरिसकेको छ ।
























